kumari
stcnepal

कलंकीमा दुर्घटना हुदा ६ जना घाइते

काठमाडौं । कलंकीमा कारले मोटरसाइकल, स्कुटर र पैदल यात्रीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जिव शर्माका अनुसार बिहीबार दिउँसो कालिमाटी बाट कलंकी तर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसपछि हुत्तिएको कारले स्कुटर, पैदलयात्रीलाई ठक्कर दिँदै सटरमा गएर ठोक्किएको प्रहरीले जनाएको छ ।

कलंकी ट्राफिकका एक अधिकारीका अनुसार चालकले मोटरसाइकललाई ठक्कर दिएपछि आत्तिएर एक्सिलेटर दबाउँदा घटना भएको आशंका गरिएको छ । घटनामा घाइतेहरुको अवस्था खतरामुक्त छ, उनीहरुको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

 

 

footer