kumari
stcnepal

सर्केगाड गाउँपालिका-३ का वडाध्यक्ष सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका-३ का वडाध्यक्ष सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

औषधि खरिदका लागि आएको रकम हिनामिना गरेको आरोपमा वडाध्यक्ष गजबहादुर रावत सहित ४ जना विरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । वडाध्यक्ष रावतले औषधि खरिदका लागि आएको रकम मध्ये केही रकमको औषधि खरिद गरेको र बाँकी रकम हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञेश्वर पाण्डे, स्वास्थ्य संयोजक सन्तोष धामी र तत्कालिन लेखापाल सुरतबहादुर रेग्मीको समेत संलग्न देखिएकोले उनीहरु विरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले बताएको छ । उनीहरु माथि ८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै विगो असुल उपर साथै अधिकतम कैद सजायको मागदावी गर्दै अख्तियारले आरोपत्र दायर गरेको छ ।

 

 

 

footer