kumari
stcnepal

एक महिला टेकु अस्पतालको क्वार्टरमा मृत भेटिइन्

काठमाडौं। शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्वार्टरमा एक महिला मृत भेटिएकी छिन् ।

अस्पतालका प्रशासनका अनुसार बिहिबार दिउँसो रेडियोलोजी विभागमा कार्यरत डा. राकेश झाकी श्रीमती वाथरुममा सलले बेरिएको अवस्थामा मृत भेटिएकी थिइन् । झा दम्पतीको ३ वर्ष र ७ वर्षको गरी दुई बच्चा समेत छन् । तर झाले के कारणले उनले मृत्यु रोजिन् भन्ने खुलेको छैन ।

मृतको शव भाइ र मामाको रोहबरमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको छ ।

 

 

footer