kumari
stcnepal

आज थप १८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२२ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ५२० जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना बाट २७१ जना निको भएका छन् भने हाल देशभर १ हजार ९६० जना सक्रिय संक्रमित रहेका छन् । जस मध्‍ये १ हजार ९१६ जना होम आइसोलेसनमा रहेका छन् भने ४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामी मध्ये २१ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

शुक्रबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ४१४ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६४ हजार ३९८ जना संक्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका १ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३ जना कोरोना संक्रमित थपिएका छन् ।

 

 

footer