kumari
stcnepal

मकवानपुरबाट विभिन्‍न लागु औषध र भरुवा बन्दुक सहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्‍न लागु औषध र भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका-५ बस्‍ने ५२ वर्षीय डिलबहादुर गोङ्वा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत अस्थायी प्रहरी पोष्ट धादिङ्ग मकवानपुर बाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । गोङ्वाले आफ्नो घर भित्र लुकाई छिपाई राखेको अवस्थामा ७५ ग्राम अफिम, ७०० ग्राम गाँजा र एक नाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका उनि माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

footer