kumari
stcnepal

आज थप २१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १५२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १५७ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३१९ जना निको भएका छन् भने हाल देशभर १ हजार २५४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १ हजार २०६ जना होम आइसोलेसनमा रहेका छन् भने ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामी मध्ये २३ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सोमबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ४६६ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार १४२ जना संक्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका तथा ११ देखि २० वर्ष उमेर समूहका कुनै पनि बालबालिकामा कोरोना संक्रमण देखिएको छैन ।

 

 

 

 

footer