kumari
stcnepal

होलीको दिन हराएका युवकको शव सडे गलेको किरा परेको अवस्थामा भेटियो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– २५ का २१ वर्षीय रामा उपेन्द्र साहको शव फेला परेको छ । वीरगञ्ज–१६ ईनर्वा स्थित सिर्सिया नदीको किनारमा पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

साह ४ चैत अर्थात होलीको दिन देखि हराएको भए पनि उनका बाबुले मंगलबार दिउँसो २ बजेतिर मात्रै जानकारी गराएका प्रहरीको भनाइ छ । साथीहरु सँग होली खेल्न गएको छोरा नफर्किएको भन्दै उजुरी गरेपछि प्रहरीले खोजी सुरु गरेको थियो । मंगलबार नै प्रहरीलाई माटो माथि हड्डी देखिएको खबर आएपछि प्रहरी टोली पुगेर उत्खनन गरेको थियो । कसैले हत्या गरेर शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ ।

‘सडे गलेको किरा परेको अवस्थामा शव भेटिएको छ, शव बोरामा हालेर पुरिएको छ’ प्रहरी नायब उपरीक्षक खनालले भने ४/५ दिनअघि नै हत्या भएको आशंकामा अनुसन्धान सुरु गरेका छौं ।

footer