kumari
stcnepal

सिन्धुपाल्चोकमा श्रीमती हत्‍या आरोपमा श्रीमान् पक्राउ

सिन्धुपाल्चोक। प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान्‌लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेखबहादुर तामाङ रहेका छन् । उनले ४४ वर्षीया श्रीमती सुकुमाया तामाङलाई चिरपट र ढुङ्गा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।पक्राउ परेका उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

footer