kumari
stcnepal

आज थप २५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६२३ जनाको पीसीआर परीक्षण गर्दामा २४ जना र १ हजार ३२८ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना बाट ८९ जना निको भएका छन् भने हाल देशभर १ हजार ८१ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्‍ये १ हजार २६ जना होम आइसोलेसनमा रहेका छन् भने ५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामी मध्ये १४ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् । बिहीबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५५० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छैन भने ११ देखि २० वर्ष उमेर समूहका ३ जना कोरोना संक्रमित थपिएका छन् ।

 

 

footer