kumari
stcnepal

आज थप २२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५१६ जनाको पीसीआर परीक्षण गर्दामा १६ जना र १ हजार ३१९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना बाट ७५ जना निको भएका छन् भने हाल देशभर १ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ९७१ जना होम आइसोलेसनमा रहेका छन् भने ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामी मध्ये १३ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् । शुक्रबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५५९ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९८१ पुगेको छ भने ९ लाख ६५ हजार ४६९ जना संक्रमण मुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छैन भने ११ देखि २० वर्ष उमेर समूहका २ जना कोरोना संक्रमित थपिएका छन् ।

 

 

 

footer