kumari
stcnepal

आज थप २३ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४७ जनाको पीसीआर परीक्षणमा २३ जना र १ हजार ६२ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ६६ जना निको भएका छन् भने हाल देशभर ८९९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ८५८ जना होम आइसोलेसनमा रहेका छन् भने ४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामी मध्ये १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

आइतबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६१५ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार ६२५ जना संक्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका १ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ जना कोरोना संक्रमित थपिएका छन् ।

 

 

footer