kumari
stcnepal

आज थप १३ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दामा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना बाट ५७ जना निको भएका छन् भने हाल देशभर ७६५ जना सक्रिय संक्रमित रहेका छन् ।

 

footer