kumari
stcnepal

मलंगवामा गोली हानेर युवकको हत्या

जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा गोली चलेको छ । गोली लागेर एक युवकको मृत्यु भएको छ ।

बुधबार साँझ ७ :४० बजेतिर मलगंवा नगरपालिका-९ मा गोली चलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार नचिनेका मानिसले हानेको गोली लागेर युवकको मृत्यु भएको हो ।

गोली लागेर घाइते भएका भारत बिसनपुरका इन्दल कुमार रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि मलगंवा अस्पताल लगिएको केही बेरमै मृत्यु भएको डीएसपी बुढाथोकीले बताए । गोली कसले चलाएको भन्ने बारे खुल्न नसकेको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

footer