kumari
stcnepal

प्रधानमन्त्री देउवाले गरे टाइफाइड विरूद्धको खोपको उद्धघाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइड विरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन् ।​ रानीपोखरी स्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् ।

आज देखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । यो अभियानको क्रममा १५ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइनेछ । बालबालिकालाई शुक्रबार देखि खोप दिइँदैछ । नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो ।

१५ महिना देखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दै आएको थियो।

 

 

footer