kumari
stcnepal

युवकलाई गोली हानी हत्‍या गरेको आरोपमा धनुषामा एक पक्राउ, अन्य दुईको खोजी जारी

धनुषा। प्रहरीले युवकलाई गोली हानी हत्‍या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषा हंसपुर नगरपालिका ७ नौवाखोर बस्ने २० वर्षीय मनोज महरा रहेका छन् । महराले चैत २३ गते साँझ ७ बजे घुम्‍न जाने बहानामा १८ वर्षीय विजय रामको गहुँ बारीमा हत्‍या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका जितेन्द्र कुमार बस्नेतले बताए ।

अनुसन्धानका क्रममा पंकज मण्डलको सर्ट त्यहाँ भेटिएको मृतकका बुवाले सनाखत गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनी माथि महरालाई ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरि अन्य अनुसन्धान कार्य भईरहेको छ भने घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

 

footer