kumari
stcnepal

लागुऔषध सहित मकवानपुरमा एक युवक पक्राउ

काठमाडौं । मकवानपुरमा लागुऔषध सहित एक जना युवक पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका-७ नागस्वतीका २२ वर्षीय सन्देश ब्लोनलाई प्रहरीले उनकै घर बाट पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट हरियाली बाट खटिएको टोलीले उनको घरमा खानतलास गर्दा लुकाएर राखेको ट्रामा, नाइट्रोभेट र मोरेक्स फेला परेको थियो ।

प्रहरीले उनको घर बाट ट्रामा १०४० ट्याबलेट, नाइट्रोभेट ५२५ ट्याब्लेट र मोरेक्स १० बोतल बरामद गरेको छ ।

 

footer