kumari
stcnepal

ट्रामाडोल र ट्रामाडेक्स सहित एक जना पक्राउ

काठमाडौं। प्रहरीले नियन्त्रित औषधि ट्रामाडोल र ट्रामाडेक्स सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा-उपमहानगरपालिका १६ घर भई नरेफाँट बस्‍ने २६ वर्षीय कविर लामा रहेका छन् । उपत्‍यकाका विभिन्‍न स्थानहरुमा लुकाई छिपाइ विक्रि भइरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको नरेफाँट बाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट ५० एमजीको ४२ हजार ५०० थान ट्रामाडोल हाइड्रोक्लोराइड क्‍यापसुल र ५० एमजीकै १० हजार थान ट्रामाडेक्स हाइड्रोक्लोराइड क्‍याप्सुल बरामद गरेको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान र आवश्‍यक कारबाहीका लागि औषधि व्‍यवस्था विभाग, बिजुलीबजार नयाँ बानेश्‍वर पठाइएको छ ।

 

 

 

footer