kumari
stcnepal

नवलपुर अदालतमा पनि नाबालिकाले फेरिन् बयान : पल शाह मुद्दा

काठमाडौं । अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । उनले तनहुँ जिल्ला अदालत माझैं आफू माथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् ।

‘सरकारी वकिलहरुले २०/२२ वटा प्रश्न सोधेर जिरह गर्नुभयो । त्यति हुँदा पनि पीडितले कलाकार शाह निर्दोष रहेको र उनले आफू माथि केही नगरेको बयान दिइन्’ जिल्ला अदालतका एक कर्मचारीले भने, ‘तनहुँ माझैं सामाजिक रुपमा चौतर्फी प्रश्न उठेकाले आफूले आवेशमा आएर प्रहरीमा बलात्कार भएको भनी बयान दिएको उनको भनाइ थियो ।’ जिल्ला अदालतले अब नाबालिकाका बाबु र अरु साक्षीहरुको बकपत्र गराउनेछ ।

 

 

footer