kumari
stcnepal

सरकारले अक्सिजन प्लान्ट विस्फोटमा निधन हुनेको परिवारलाई तत्काल राहत उपलब्ध गराउने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अक्सिजन प्लान्टमा विस्फोटमा परी  मृत्‍यु भएकाहरुको परिवारलाई सरकारले तत्काल राहत उपलब्ध गराउने बताएका छन् ।आज बिहीबार दुर्घटनास्थलको निरीक्षणका लागि पुगेका मन्त्री बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताएका हुन् ।

उनले विस्फोटमा परी घाइते भएकाहरुलाई सरकारले उपचार गर्ने पनि प्रतिवद्धता जनाए ।मन्त्री बडूले अक्सिजन भर्ने क्रममा यसरी बिस्फोट हुनु साधारण नभएको भन्दै यसलाई गहन अनुसन्धान गर्ने बताए । उनले सरकारले यो विषयलाई प्राथमिकताका साथ राखेर प्राविधिकहरुलाई बोलाएर नै अनुसन्धान गर्ने बताए ।

‘यो जुन घटना भयो यो दु:खद, दुर्भाग्यपूर्ण । सबैलाई दुःख लागेको छ । हामीले सहजै अनुमान लगाउन सक्दैनौँ। यो टेक्निकल अवस्थाका कारण भएको भन्ने कुरा छ । अक्सिजन रिफिलिङ गर्दा बिस्फोट हुनु भनेको झनै खोजको विषय हो’ मन्त्री बडूले भने, ‘ यसलाई हामी अनुसन्धान गर्नेछौँ । यो पहिलो उदाहरण हो भन्ने खबर छ । यसलाई हामी गहन विषय बनाएर अनुसन्धान गर्नेछौँ ।’

मन्त्री बडूले घाइतेहरु सबैले तत्काल उपचार पाउनुपर्ने भन्दै यस बारेमा सरकारले आफ्नो कर्तव्य पूरा गर्ने बताए ।

 

 

footer