kumari
stcnepal

सुर्खेतमा कसैले बुझाएनन् इजाजतप्राप्त हात हतियार

सुर्खेत । इजाजतप्राप्त हात हतियार कसैले पनि नबुझाएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । स्थानीय तह निर्वाचनलाई भय रहित बनाउन भन्दै सुर्खेत प्रशासनले त्यस्ता हात हतियार प्रशासनलाई बुझाउन आग्रह गरेको थियो । तर हाल सम्म कसैले पनि बुझाएका छैनन् ।

प्रशासनले गत चैत सोमबार स्थानीयतहको निर्वाचन आउँदै गरेकाले उक्त निर्वाचन सम्पन्न भए प्रश्चात पुनः फिर्ता पाउने गरी प्रहरीलाई बुझाउन भन्दै सूचना जारी गरेको थियो । हाल सम्म इजाजत प्राप्त गरेर राखिएका जिल्ला भित्रका एक सय हतियार र जिल्ला बाहिर बाट ३९ वटा हतियार रहेका छन् ।

तर, तीमध्ये कुनै पनि हतियार प्रहरीलाई नबुझाइएको प्रशासनको भनाइ छ उनीहरूले हतियार आफ्नो आत्मरक्षाका लागि इजाजत सहित राखेको भने पनि कुन प्रयोजनमा प्रयोग भएका छन् यो विषयमा सुर्खेत प्रशासन नै अनविज्ञ देखिएको छ ।

 

 

footer