kumari
stcnepal

नागढुंगा बाट १६०० थान प्रतिबन्धित लागुऔषध सहित एक पक्राउ

काठमाडौं । प्रहरीले नागढुंगा चेक प्वाइन्ट बाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकनन्दनी गाउँपालिका-२ घर भएका २३ वर्षीय हेमन्त यादव रहेका छन् ।

जनकपुर देखि काठमाडौं तर्फ आउँदै गरेका बा १ प १२३२ नम्बरको बसमा चेक जाँच गर्दा प्रहरीले लागुऔषध सहित उनलाई प्रहरी वृत थानकोटको टोलीले पक्राउ गरेको हो । उनको साथ बाट प्रहरीले ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन, ४०० एम्पुल नुफिन र ४०० एम्पुल नाम नलेखिएको तरलपदार्थ बरामद गरिएको छ ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालत बाट ५ दिनको म्‍याद अनुमति लिई थप अनुसन्धानका लागि प्रहरी वृत थानकोटमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।

 

 

 

footer