kumari
stcnepal

सिन्धुलीमा बलेरो दुर्घटना, तीनको निधन सात घाइते

सिन्धुली ।सिन्धुलीको तीनपाटन गाउँपालिका–१ नक्कलेमा भएको बलेरो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा तिनपाटन गाउँपालिका–९ आम्बोटेका अन्दाजी ५२ वर्षीय रामजी भण्डारी, कमलामाई नगरपालिका–७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियारको घटनास्थलमा नै मृत्यु भएको हो ।

यस्तै घाइतेहरुको उद्धार गरी वेलघारी स्वास्थ्य चौकीमा लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि सिन्धुली अस्पतालमा पठाइएको छ । सात जना घाइते मध्ये कर्णबहादुर विक, तुल्सिराम पहाडी र चालक राजु खत्रीलाई थप उपचारका लागि भर्खरै सिन्धुली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । अन्य घाइतेको बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

सडक बाट तल खोल्सामा गाडी खसेको दुर्घटनास्थल बाट गाडी निकाल्न नसकिएको प्रहरीले जनाएको छ। सिन्धुलीबाढी बाट तीनपाटन गाउँपालिकाको चकमके तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ०७५६ नंको सिङ्गलक्याप पिकअप बलेरो दुर्घटना भएको थियो । उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको आशङ्का प्रहरीले गरेको छ ।

 

 

footer