kumari
stcnepal

बबरमहलमा स्कुटर दूर्घटना हुँदा एकको निधन

काठमाडौं। काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गए राति भएको दुर्घटनामा परेर डडेल्धुराको अमरगढी नगरपालिका-५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने करिब २६ वर्षीय केबिन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएकको छ।

उनको उपचारको क्रममा वीर अस्पतालमा गए राति २ बजे मृत्यु भएको हो। बानेश्वर बाट बबरमहल तर्फ आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो। स्कुटर नालीमा पल्टिए सँगै गम्भीर घाइते भएका श्रेष्ठलाई प्रहरीले अस्पताल पुर्‍याएको थियो।

 

footer