kumari
stcnepal

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण सुरु भएको छ । बम रहेको हल्लाले बुधबार बिहान झण्डै एक घण्टा सम्म विमानस्थलको आन्तरिक उडान–अवतरण बन्द भएको थियो ।

बुधबार बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए । तर शंकास्पद वस्तु नभेटिए पछि विमानस्थलको आन्तरिक उडान-अवतरण सुरु भएको प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

सर्च अपरेसनको क्रममा कुनै पनि शंकास्पद वस्तु नभेटिएकोले आन्तरिक उडान-अवतरण सुरु भइसकेको उनले बताए ।  सर्च अपरेसनको क्रममा यात्रुहरुलाई आन्तरिक टर्मिनल बाट बाहिर निकालिएको थियो ।

 

 

footer