kumari
stcnepal

मालपोत कार्यालय टोखाका खरिदार विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं स्थित मालपोत कार्यालय टोखाका खरिदार विनोद तिवारी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

मुद्दा फाँटमा कार्यरत तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पुर्जा बनाउने काममा सहजीकरण गरे बापत सेवाग्राही सँग २० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ ।

विशेष सूचनाको आधारमा अख्तियारको टोलीले तिवारीलाई सेवाग्राही सँग २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ४ वैशाखमा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा तिवारीले सेवाग्राही सँग २० हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएकोले उनी विरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

 

footer