kumari
stcnepal

वडाध्यक्षका उम्मेदवारद्वारा आत्महत्या, आफू मृत्यु हुनुमा आफ्नै कारण’ भएको सुसाइड नोटमा उल्लेख

काठमाडौं ।सुनसरी रामधुनी वडा नं. ८ बाट वडाध्यक्षका उम्मेदवारी गणेश पौडेलले आत्माहत्या गरेका छन् । स्वतन्त्र बाट वडाध्यक्षका उम्मेदवार रहेका पौडेलको शनिबार बिहान घर नजिकै आपको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले आत्माहत्या गर्नुमा आफ्नै कारण रहेको सुसाइड नोटमा उल्लेख गरेका छन् । ‘आफू मृत्यु हुनुमा आफ्नै कारण’ भएको सुसाइड नोटमा उल्लेख छ । त्यहाँ ‘समवेदना व्यक्त नगर्नु र झण्डा पनि नओढाउनु भनेर उल्लेख छ,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले भने । पौडेल नेपाली कांग्रेस बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

तीन दिनअघि उनी हराएको प्रहरी कार्यालयमा उजुरी समेत परेको थियो । एक दिन सम्म बेपत्ता भएर भोलिपल्ट उनी झुम्का आफन्तको घरमा पुगेका थिए । त्यसबारे उनी सँग सोधीखोजी गर्न उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय पनि बोलाएको थियो । ‘प्रहरीमा ल्याएर सोधीखोजी गर्दा आफूले उम्मेदवारी दिएदेखि नै निकै तनाव र छटपट्टी भएको जवाफ दिनुभएको थियो,’ उनले भने ।

 

 

footer