kumari
stcnepal

कलंकीमा टिपरको ठक्कर बाट मोटरसाइकल चालकको निधन

काठमाडौं ।काठमाडौंको कलंकी चोकमा आज बिहान टिपरले ठक्कर दिंदा एक जना मोटरसाइकल चालकको निधन भएको छ ।

थानकोट बाट स्वयम्भु तर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो ।

टिपरको ठक्कर बाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका-२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको निधन भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

footer