kumari
stcnepal

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटनामा परि १४ जनाको निधन, ११ जना घाइते

स्याङ्जा। स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटनामा परि १४ जनाको निधन भएको छ भने ११ जना घाइते भएका छन् | वालिङ १४ को सिख्रे बाट तिवारीपसल मतदान केन्द्रका लागि मतदाता लिएर छुटेको ग २ च ३०२६ जीप अर्खलावासमा दुर्घटनामा परेको हो ।

ज्यान गुमाएका १४ जनाकै सनाखत भएको छ | दुर्घटनामा वालिङ नगरपालिका १४ अर्खलबास बस्ने ६३ वर्षीया माया पुन, नौ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवरको ज्यान गएको हो । त्यस्तै, ज्यान गुमाउनेमा ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र वर्ष नखुलेकी फूलदेवी कुँवर पनि रहेका छन् ।

 

 

footer