kumari
stcnepal

आज थपिए २ जना कोरोनाका संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना बाट कसैको पनि मृत्यु भएको छैन। हाल सम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

शनिबार १६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १५० जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा १ हजार १२७ पीसीआर तथा १२७ एन्टिजेन परीक्षण भएको छ।

 

footer