kumari
stcnepal

दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको निधन

महेन्द्रनगर ।दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको निधन भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको निधन भएको हो ।

गोकुलेश्वर बाट ग्यानी तर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडक बाट ५ मिटर तल रोल खोलामा खस्दा ३ जनाको निधन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए । ‘३ जनाको घटना स्थलमै निधन भएको छ, घटनाको विस्तृत विवरण आउन बाँकी छ,’ विष्टले भने, ‘मृतकहरुको पहिचान खुलेको छैन ।’ हाइस गोकुलेश्वर बाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई ल्याउन ग्यानी गएको थियो ।

 

 

footer