kumari
stcnepal

सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको निधन

सल्यान ।सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको निधन भकएको छ । १० जना बढी घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो ।

गाडीको छतमा झण्डा समाएर बस्नेतज्युला बाट शान्तिबजार आउँदै गरेकाहरू विजुलीको तारमा ठोक्किएर करेन्ट लागेको प्रहरीले जनाएको छ । घटना बारे विस्तृत विवरण आएको छैन् । रागेचौर प्रहरीकाअनुसार छतमा बसेकाहरूले विद्युतको तारले छुँदा घटना भएको हो ।

घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ । मृतकको पहिचान भएको छैन ।

 

footer