kumari
stcnepal

२१ वर्ष देखि चोरी तथा डाँकामा संलग्न फरार अभियुक्त भोट हाल्न आउँदा पक्राउ

लमजुङ ।साविक पुनरावेदन अदालत पोखराले कैद र जरिवाना सुनाएका लमजुङको मध्य नेपाल नगरपालिका १ जिताका ५१ वर्षीय भुपेन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।२०५७ सालको अन्त्यतिर भएको चोरी तथा डाँकामा संलग्न रहेको आरोपमा उनी २०५८ वैशाख तिर ३ साता प्रहरी हिरासतमा बसेका थिए ।

लमजुङ जिल्ला अदालतले साधारण तारेखमा छाडेका उनलाई तत्कालीन पुनरावेदन अदालत पोखराले २०६० फागुन ३ गते डाँकाचोरी मुद्दामा ५ वर्ष ११ महिना ७ दिन कैद र ४७ लाख ८७ हजार २ सय ५० रुपैयाँ जरिवाना तोकेको थियो । तर उनी फरार थिए । तर चुनावमा भोट हाल्न गाउँ आएको सूचनाका आधारमा उनलाई पक्राउ गरी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।

प्रहरीका अनुसार उनका सुरुका फाइलहरुमा घटना बारे एकीन तथ्यांक भेटिएको छैन ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार जरिवाना समेतको रकम दाखिला गर्न नसकेको र उक्त जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी अदालतले पौडेललाई ९ वर्ष ११ महिना ६ दिन कैदमा राख्ने फैसला सुनाएको थियो ।

 

 

footer