kumari
stcnepal

बालिका करणी गरेको अभियोगमा झापामा म्यादी प्रहरी पक्राउ

काठमाडौँ ।प्रहरीले बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्ज स्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्राउ गरेको हो । उनले मंगलबार १४ वर्षीया ती बालिकालाई सोही वडा स्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ ।

पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । स्थानीय तह २०७९ को निर्वाचनमा झापा बाट म्यादी प्रहरी बनेका हुन् ।

 

footer