kumari
stcnepal

इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलमा अध्ययरत विद्यार्थीलाई पाँच वर्ष अघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ

काठमाडौं ।इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् ।

तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको सीआईबीका एसपी कमल थापाले बताए ।

उनले एक जना विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर विद्यार्थीलाई बलात्कार गरेका थिए । पछि स्कुल बाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्ष सम्म बलात्कार गरेका थिए । पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको थापाले बताए ।

 

 

footer