kumari
stcnepal

मोरङको कटहरीमा पुरुषको शव फेला पर्‍यो, हत्याको आशंका

विराटनगर ।मोरङको कटहरीमा पुरुषको शव फेला परेको छ । कटहरी गाउँपालिका–१ महेशपुरमा आइतबार बिहान कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको हो । शवमा चोट पटक भएका कारण हत्या गरेर फ्यालेको हुनसक्ने प्रहरीको आशंका छ ।

सडक छेउको नाली नजिकै बाँझो खेतमा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार शवको निधारको भागमा चोट छ । खेतमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाको तालिम प्राप्त कुकुर समेत परिचालन गरी घटनाको अनुसन्धान सुरु गरेको छ ।

 

 

footer