kumari
stcnepal

१९ जना यात्रु लिएर पोखरा बाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्क विहीन

काठमाडौं ।पोखरा बाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्क विहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखरा बाट उडेको जहाज सम्पर्क विहीन भएको हो ।जहाजमा १६ नेपाली र भारतीय नागरिक सहित ६ जना विदेशी रहेको खुलेको छ ।जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए ।

९ एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य पनि छन् ।तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिले सम्म सम्पर्कमा छैन । जहाज बारे खोजविन सुरु भएको छ ।

 

 

footer