kumari
stcnepal

गृहमन्त्रीको सम्पर्क विहीन विमानको खोजी तीब्र पार्न प्रशासनलाई निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पोखरा बाट जोमसोमका लागि उडेको तारा एयरको विमान खोजीलाई तीव्र पार्न प्रशासन र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी खोजी कार्यलाई तिव्रता दिन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

आइतबार पोखरा बाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान १०:०७ बजेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्क विहीन भएको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार विमान लेते बाट धौलागिरी हिमाल तर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको जानकारी दिए ।

विमानमा १९ यात्रु र ३ चालक दलको सदस्य रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

 

footer