kumari
stcnepal

तारा एयरको सम्पर्क विहीन विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको स्थानीय बाट पुष्टि

पोखरा ।आइतबार विहान सम्पर्क विहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ । स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले  बताए ।

उनले भने, ‘त्यहाँ जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यस तर्फ केन्द्रित गराइएको छ, यद्यपि टोली पुगिसकेको छैन ।’ उनका अनुसार नेपाली सेनाको हवाइ फौज कोभाङ भन्ने स्थानमा छ, अहिले स्थानीयले दुर्घटना भएको भनेको स्थान देखि यो कम्तीमा तीन घन्टाको दूरीमा पर्छ ।

 

 

 

footer