kumari
stcnepal

तारा एयरको सम्पर्क विहीन जहाजको खोजी कार्य आजलाई स्थगित : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले सम्पर्क विहीन भएको तारा एयरको जहाजको खोजी कार्यलाई स्थगित गरेको छ । अन्धकार र प्रतिकुल मौसमका कारण आइतबारलाई खोजी कार्य रोकिएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए ।

सिलवालले भने, ‘भोलि बिहानै बाट फेरि स्थल र हवाई दुवै मार्ग बाट खोजी कार्य सुरु हुनेछ ।’ अहिले सेनाको हवाई उद्दार टोली जोमसोममा फर्किएको उनले बताए ।

आइतबार बिहान पोखरा बाट जोमसोमका लागि उडेको जहाज १०ः११ बजेदेखि सम्पर्कविहीन भएको थियो । जहाजमा १६ नेपाली र भारतीय नागरिक सहित ६ जना विदेशी नागरिक सवार थिए ।

 

footer