kumari
stcnepal

मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अदातलको अनुमति

काठमाडौं ।सौन्दर्य प्रतियोगिताको नाममा प्रतिष्पर्धीलाई बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अदातलले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले मानवबेच बिखन तथा ओसार पसार सम्बन्धी ऐन अनुसारको कसूरमा अनुसन्धानका लागि थप एक साता हिरासतमा राख्न अनुमति दिएको प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

पाण्डेलाई उपत्यका आपराध अनुसन्धान कार्यालयले ७ जेठामा स्वयम्भु बाट पक्राउ गरेको थियो । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गरेका थिए । यही प्रतियोगिताकी एक प्रतिष्पर्धीलाई बानेश्वरको एभरेष्ट होटलमा उनले बलात्कार गरेको अभियोग छ ।

लठ्ठिने औषधि मिश्रित ‘लेमनेड’ खुवाएर उनले बलात्कार गरेको पीडितको भनाइ छ । बलात्कार गरेको तस्वीर र भिडियो खिचेर ६ महिना सम्म ब्ल्याकमेल गरेको पनि उनले बताएकी छन् । उनले पाण्डे बाट यौन हिंसामा गरेको भन्दै ४ जेठमा २० वटा भिडियो क्लीप सार्वजनिक गरेकी थिइन् ।

घटनाकै कारण आफू ८ वर्षसम्म गम्भीर मानसिक समस्या बाट गुज्रिएको र औषधि सेवन गर्नु परिरहेको उनले बताएकी थिइन् । तर जबरजस्ती करणी सम्बन्धी कसूरमा उजुरीका लागि एक वर्ष हदम्याद भएका कारण कानूनी कारबाही अघि बढाउन जटिलता देखिएको प्रहरीले बताएको थियो । त्यसबारे थाहा पाएपछि उनले पुनः विक्षिप्त हुँदै अर्को भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसपछि यो विषयले संसद्मा पनि प्रवेश पाएको थियो । यही घटनाका कारण बलात्कारको मुद्दा हदम्याद हटाउने संकल्प प्रस्ताव हालै संसद्मा पेश भएको छ ।

 

footer