kumari
stcnepal

तारा एयरको विमान दुर्घटनामा निधन भएकाहरुको मध्ये १० जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा निधन भएकाहरुको शव काठमाडौं ल्याइएको छ । तारा एयरले विज्ञप्ति प्रकाशित गरी हाल सम्म २२ मध्ये २१ जनाको शव फेला परेको ती मध्ये १० जनाको शव आधार शिविरमा ल्याइएको छ । ती शव नेपाली सेनाको हेलिकप्टर बाट काठमाडौं ल्याइएको जानकारी गराएको छ ।

‘शवहरु काठमाडौं ल्याइसकेपछि त्रिवि शिक्षण अस्पताल स्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिनेछ’ तारा एयरका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको तारा एयरले जनाएको छ । उद्धार टोलीले एक जनाको शव खोजी गररहेको छ । त्यस्तै संकलित शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने तारा एयरले जनाएको छ ।

 

 

footer