kumari
stcnepal

आज थप २६ जनामा कोरोना संक्रमण

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५२८ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ७७ जनाको एन्टीजेन परीक्षणमा ७ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना बाट ९ जना निको भएका छन् भने हाल देशभर १११ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ११० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामी मध्ये १ जना आईसीयूमा उपचाररत् छन् ।

शुक्रबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४३१पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ११९ जना संक्रमणमुक्त भएका छन् ।

 

footer