kumari
stcnepal

बर्दियामा बाघ बाट सुरक्षा माग गर्ने स्थानीय माथि प्रहरीले चलायो गोली, एक किशोरीको निधन

काठमाडौं ।बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको निधन भएको छ । निधन हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन् । बाघको आक्रमण बाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरु माथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।

स्थानीयले बाटो अवरुद्ध गरेको र खुलाउने क्रममा प्रहरी माथि ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरी तर्फ हबल्दार खड्का लगायतका घाइते भएका छन् ।मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीका अनुसार सोमबार बिहान ८ बजेतिर खेतमा खनजोत गर्दै गर्दा स्थानीयलाई बाघले आक्रमण गरेको थियो । त्यसपछि स्थानीय होहल्ला गरेर बाघलाई धपाउन सफल भए । घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइयो ।

मधुवनमा पहिले पनि बाघले आक्रमण गरेकाले स्थानीयले सुरक्षाको माग राख्दै प्रदर्शन गरेका थिए । ‘स्थानीयले जनप्रतिनिधिहरु र प्रहरी प्रशासनका अधिकृतहरुलाई बोलाउनु भएको थियो, मेयर साप बुटवल जानु भएको थियो, म घाइतेलाई भेट्न भनेर नेपालगञ्ज गएको थिएँ । त्यहीबेला दुःखद घटना भएछ ।’

 

 

footer