kumari
stcnepal

बाराको आदर्श कोतवाल गाउँपालिकामा जग्गा नाप्ने विषयमा विवाद हुँदा कुटपिट बाट एकको निधन

वीरगञ्ज ।बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिट बाट एक जनाको निधन भएको छ । गाउँपालिकाको वडानम्बर ६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको निधन भएको हो । प्रभुको मृत्युपछि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्थानीयवासी किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएको थियो । विवाद चर्कदै गएपछि दुवै पक्ष कुटपिटमा उत्रिएका थिए । कुटपिट बाट घाइते भएका प्रभुलाई उपचारको लागि वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा ल्याइएको थियो । उपचारकै क्रममा राति साढे ९ बजे उनको निधन भएको प्रहरीले जनाएको छ ।

 

footer