kumari
stcnepal

न्युरोडको रञ्जना गल्लिमा एक पुरूषको लाश फेला पर्यो

काठमाडौं ।काठमाडौंको न्युरोडमा एक जना पुरूषको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बुधबार बिहान साढे ६ बजे काठमाडौं महानगरपालिका-२४ न्युरोडको रञ्जना सोडा गल्लीमा एक जना पुरूषको शव फेला परेको बताए।

बिहान एक जना पुरूष लडेर अचेत अवस्थामा छ भन्ने खबर प्रहरीले पाएको थियो। सो खबर पछि प्रहरीको टोली खटिएको थियो। मृतक काठमाडौं महानगरपालिका-१२ टेकुका ३४ वर्षीय सुरेन महर्जन छन्। उनको शव फेला परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र तालिम प्राप्त कुकुर सहितको टोली घटनास्थल पुगेको थियो।शवको पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 

 

footer