kumari
stcnepal

६०.२२ अंक बढेर सेयर बजार २०८०.४४ बिन्दुमा

काठमाडौं ।सेयर बजारमा देखिएका समस्या अध्ययन गरी मौद्रिक नीति बाट सम्बोधन गर्ने तयारी सहित अर्थ मन्त्रालयले समिति गठन गरेको सूचनापछि बुधबार लगानीकर्ता उत्साहित देखिएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहमा समिति गठन गरी समस्याको अध्ययन हुने जानकारी गराएका थिए । आगामी बजेट सार्वजनिक भएको दिनपछि निरन्तर घटेको सेयर बजार बुधबार भने दोहोरो अंकले वृद्धि भयो । बधुबार ६०.२२ अंकले बढेको बजार २०८०.४४ बिन्दुमा पुगेर रोकिएको छ ।

बुधबार कुल २३१ कम्पनीको ३० हजार ६८४ वटा कारोबार बाट ५० लाख ५ हजार ८१४ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम भने १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँ रहेको छ । बुधबार सबै उपसमूहको सेयर मूल्य बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यी दुई कम्पनीको मूल्य क्रमशः १५७३ र २३३८.६० रुपैयाँ पुग्यो ।

यस दिन बलेफी हाइड्रो, कालिका लघुवित्त, तेह्रथुम पावर, उन्नती सहकार्य लघुवित्तको मूल्य समेत सकारात्मक सर्किट लेबलमा पुगेर कारोबार भएको छ । माउन्टेन हाइड्रो, आरबीबी म्यूचअल फण्ड, नबिल ब्यालेन्स फण्ड सहितका कम्पनीका कमपनीको सेयर मूल्य बढी घट्यो । यस दिन अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ ।

 

 

footer