kumari
stcnepal

युईएफए नेसन्स लिगमा जर्मनीको लगातार तेस्रो बराबरी

काठमाडौं ।युईएफए नेसन्स लिगमा जर्मनीले लगातार तेस्रो बराबरी खेलेको छ । लिग ए अन्तर्गत समूह सी को खेलमा जर्मनीले शनिबार हंगेरी सँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

जोट नागेले खेलको छैटौं मिनेटमै गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । तर जोनास होफम्यानले नवौँ मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काए । जर्मनीले यसअघि इटली र इङ्ग्ल्याण्डसँग पनि बराबरी खेलेको थियो । लगातार तीन बराबरी पछि ३ अंक जोडेको जर्मनी समूह तेस्रो स्थानमा छ । हंगेरी ४ अंङ्क सहित दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा इटली र इंग्ल्याण्डले गोल हित बराबरी खेलेका छन् । दुवैको यो दोस्रो बराबरी हो भने इंग्ल्याण्ड अझै पहिलो जितको खोजीमा छ । एक जित र दुई बराबरी बाट ५ अंक जोडेर इटली समूहको शीर्ष स्थानमा छ । इंग्ल्याण्ड २ अंक सहित पुछारमा छ ।

 

 

footer