kumari
stcnepal

विश्वकप लिग टु अन्तर्गत नेपाल अमेरिका सँग ३९ रनले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिका सँग ३९ रनले पराजित भएको छ । आरिफ शेख र सोमपाल कामीले कीर्तिमानी साझेदारी गरेपनि अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपाल २०६ रन मात्र बनाउन सक्यो ।

यस श्रृङ्खलामा नेपालको यो दोस्रो हार हो । चार खेल मध्ये एक जित र एक बराबरी बाट नेपालले ३ अंक मात्र जोड्न सक्यो । अंक तालिकामा १६ खेल बाट १५ अंक सहित नेपाल पाँचौ स्थानमा छ । अमेरिका २४ खेल बाट २३ अंक सहित चौथो स्थानमा छ ।

 

 

footer