kumari
stcnepal

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो ।

शनिबार दोस्रो जित निकाल्ने क्रममा नेपालले १०८ रनको लक्ष्य पछ्याएको कुवेतलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रनमात्र बनाउन दियो ।

कुवेतका लागि कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५, जीफा जिलानी ६ र मरिम्मा हैदरले १४ रन बनाए । नेपालकी सीता रानामगरले २, अस्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले १-१ विकेट लिए ।

 

 

footer