kumari
stcnepal

सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बिक्रम पाण्डेले पाए सफाइ

काठमाडौं ।विशेष अदालतले राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनामा भ्रष्टाचार नभएको ठहर गरेको छ । विशेषले सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री समेत रहेका निर्माण व्यवसायी विक्रम पाण्डे सहित २१ जनालाई सफाइ दिएको छ ।

अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले सिक्टा सिंचाई आयोजनामा दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ भ्रष्टाचार भएको भन्ने अख्तियारको दावीलाई अस्वीकार गरेको हो ।

विशेष अदालतको फैसलासँगै पूर्व–आयोजना प्रमुखहरु सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलिप बहादुर कार्की र रमेश बस्नेत लगायतले पनि सफाइ पाएका छन् ।

 

 

footer